प्रेम तामाङ र राज तामाङको नेतृत्वमा संकलित रकम गम्भीर बिरामी गज घलेलाई हस्तान्तरण

धादिङ । हाल वीर अस्पताल, काठमाडौंमा उपचाररत रुवीभ्याली गाउँपालिका–५ स्थायी घर भई हाल नीलकण्ठ नगरपालिका–१२, आप्सरामा बसोबास गर्दै आएका गज घलेको उपचारका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग जुटाइरहेका छन्।

अल्सर अपरेसनपछिको थप उपचार खर्च जुटाउन गरिएको अपिलमा रुबिभ्याली–५ का प्रेम तामाङ र म्हेन्दोमाया गायक तथा संगीतकार राज गोम्जा तामाङको नेतृत्वमा संकलित १२,६६० रुपैयाँ बिरामी गज घलेलाई वीर अस्पतालमै पुगेर हस्तान्तरण गरिएको छ।

सहयोग गर्नुहुने सम्पूर्ण दाताहरूलाई गज घलेको परिवार र आयोजक टिमले हार्दिक धन्यवाद तथा आभार प्रकट गरेका छन्। हाल उपचार खर्च अपुग भएकाले थप सहयोगको आवश्यकता रहेको र इच्छुक सहयोगी मनहरूबाट निरन्तर साथको अपेक्षा गरिएको जानकारी गराइएको छ।