धादिङ । धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–८, ससाहमा मोटरसाइकलले ठक्कर दिदा एक बालिका गम्भीर घाइते भएकी छन्। देउराली मा.बि.मा कक्षा २ मा अध्ययनरत ७ वर्षीया दिपिका बि.क. ससाहमा बाटो काट्ने क्रममा अज्ञात सवारीले ठक्कर दिँदा गम्भीर घाइते भएकी हुन्।
घाइते दिपिकाको धादिङ अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँस्थित टिचिङ अस्पताल लगिएको छ। उपचारमा परिवारका सदस्य र धादिङ अस्पतालका चिकित्सक समेत सँगै रहेका छन्।
दुर्घटना गराउने सवारी र चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।