धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका, सल्यानटार धादिङद्वारा आयोजित गृहणी महिला सशक्तिकरण कार्यक्रमअन्तर्गत ५ दिने आधारभूत होमस्टे तालिम उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष श्री देवराज धरेल ज्यू रहनुभएको थियो। त्यस्तै, विशेष अतिथिका रूपमा वडा नं. १ का वडा अध्यक्ष श्री भीमप्रसाद भट्ट ज्यू, वडा नं. ४ का वडा अध्यक्ष श्री कपिल देव सिम्खडा ज्यू, शाखा अधिकृत श्री नवराज श्रेष्ठ ज्यू तथा बालबालिका शाखा प्रमुख श्रीमती बिना सिटौला ज्यूको उपस्थिति रहेको थियो।
तालीममा वडा न. १ का दराई समुदायको महिलाहरु, वडा न. ७ का तामाङ समुदायका महिलाहरु र ४ नम्बर वडाका महिलाहरुको तालिममा सहभागीता रहेको छ। कार्यक्रमका अतिथिहरूले सफल तालिमको शुभकामना व्यक्त गर्दै, महिलाहरूलाई आत्मनिर्भर बनाउने र गाउँमै रोजगारी सिर्जना गर्ने लक्ष्यसहित तालिमको महत्वबारे प्रकाश पार्नुभएको थियो।
तालिम आगामी ५ दिनसम्म सञ्चालन हुनेछ।