अन्तरास्ट्रिय खबर । इजरायल र गाजाबीचको द्वन्द्वका क्रममा १९ महिनादेखि गाजामा बन्धक बनाइएका एक अमेरिकी इजरायली नागरिकलाई हमासले रिहा गरेको छ।
रिहाइ भएका २१ वर्षीय एडन अलेक्ज्याण्डर इजरायलको तेल अभिभमा जन्मिएर अमेरिकाको न्यु जर्सीमा हुर्किएका थिए। २०२३ अक्टोबर ७ मा हमासको आक्रमणका बेला उनी इजरायली सेनाको विशेष टुकडीमा गाजा सीमामा खटिएका थिए।
उनको सुरक्षाका लागि इजरायलले केही घण्टासम्म गाजामा सैन्य कारबाही रोकिएको बताइएको छ। हमासले मानवीय सहायता आपूर्ति सहज बनाउन सम्झौताको सर्तस्वरूप उनको रिहाइ गरेको जनाइएको छ।
इजरायलले पछिल्लो समय गाजामा रासन, औषधि लगायतका सहायता प्रवेशमा रोक लगाएको छ। सहायता संस्थाहरूले यसलाई मानवीय संकट भनेका छन्।
अलेक्ज्याण्डर हमासको कब्जामा रहेका अन्तिम अमेरिकी नागरिक थिए। उनको रिहाइसँगै अमेरिकी नेतृत्वले परिवारलाई शुभकामना दिएको छ।