धादिङ, सेर्तुङ । धादिङ जिल्लाको रुबी भ्याली गाउँपालिका–३ सेर्तुङ गाउँमा रहेको च्याम्रा माध्यमिक विद्यालयमा गएराति भीषण आगलागी भएको छ। आगलागीबाट विद्यालयको प्रशासनिक भवन पूर्ण रूपमा क्षति भएको गाउँपालिका कार्यालयले जनाएको छ।
आगलागीको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको विद्यालय प्रशासनले जानकारी दिएको छ।
आगलागी कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। घटनास्थलमा स्थानीय युवा, प्रहरी र पालिकाको टोली परिचालन गरिएको छ।
क्षतिको विस्तृत विवरण आउन बाँकी…