धादिङ । रुबीभ्याली गाउँपालिका वडा नम्बर १ निवासी नेपाली कांग्रेसका नेता तथा समाजसेवी जस थापा तामाङको असामयिक निधन भएको छ।
नेता तामाङ नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि, प्रदेश क्षेत्रको उपसभापति तथा क्षेत्रीय कार्यसमितिका पूर्व कोषाध्यक्ष समेत रहनु भएको थियो।
पारिवारिक स्रोतका अनुसार राति सुत्दा स्वास्थ्य सामान्य रहेका तामाङ बिहान ओछ्यानमै मृत अवस्थामा फेला परेका थिए।
बिगत लामो समयदेखि छारे रोगबाट ग्रसित रहनु भएका तामाङको निधनको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ।
समाजसेवी तामाङको असामयिक निधनले स्थानीय राजनीतिक र सामाजिक क्षेत्रमा ठूलो क्षति पुगेको छ।