शिक्षक महासंघको निर्णय : कक्षा १२ को परीक्षामा सहभागी नहुने

काठमाडौं, वैशाख २ — नेपाल शिक्षक महासंघले आफ्नो जारी आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय लिएको छ। महासंघको पछिल्लो बैठकले मागहरू पूरा नभएसम्म चरणबद्ध आन्दोलनलाई जारी राख्ने बताएको छ।

बैठकले वैशाख ११ बाट सुरु हुने कक्षा १२ को परीक्षामा शिक्षकहरू सहभागी नहुने निर्णयसमेत गरेको छ। यसले परीक्षाको सहज सञ्चालनमा अन्योल बढाएको छ।

महासंघले आन्दोलनसँगै सरकारसँग संवाद पनि जारी राख्ने बताएको छ। हालसम्म आन्दोलन १३औँ दिनमा प्रवेश गरिसकेको छ।