पाँच रुपैयाँ दरका नयाँ नोट आजदेखि चलनचल्तीमा आउदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट बजारमा ल्याएको छ। साविककै डिजाइन र रंगमा छापिएको यस नयाँ नोटमा केही विशेष विवरण समावेश गरिएको छ।

राष्ट्र बैंकका अनुसार नोटको अगाडिपट्टी बाँया भागमा सगरमाथाको चित्र, दाँया छेउमा लालीगुराँसको पानी छाप राखिएको छ। त्यस्तै, तत्कालीन गर्भनर महाप्रसाद अधिकारीको दस्तखत पनि नोटमा उल्लेख छ।

नोटको तल्लो किनारमा सिरियल नम्बर देवनागरी अंकमा ‘वि.सं. २०८१’ उल्लेख गरिएको छ। राष्ट्र बैंकले नयाँ नोट चलनचल्तीमा ल्याउँदै पुराना नोटहरूसँगै सँगसँगै प्रयोगमा रहने स्पष्ट पारेको छ।