रुबीभ्याली ५ र ६ का ३ विद्यालयहरुमा न्यानो कपडा र शैक्षिक सामाग्रीहरु वितरण

धादिङ । “वान लभ वान वल्ड” संस्थाको आर्थिक सहयोगमा रुबि भ्याली गा.पा. वडा न ५ र ६ का ३ विद्यालयहरुमा वडाहरुको समन्वयमा रुप्टुङ आधारभूत विद्यालयमा १३४ विद्यार्थीहरुलाई एक एक सेट न्यानो कपडा र टोपी वितरण गरिएको छ । त्यस्तै रुबीभ्याली ६ का हिमालयन सरस्वती आधारभूत विद्यालय र सात कन्या आ.बि. मा खेलौना लगायत अति आवस्यक शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

३ विद्यालयहरुमा भएको कार्यक्रममा “one love one world” को कार्यकारी निर्देशनक रितु श्रेष्ठको विशेष सहभागीता एबं रुबीभ्याली ५ र ६ का वडा अध्यक्षहरु रम्बा तामाङ र समीर गुरुङको प्रमुख आतिथ्यतामा उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।