गायक सन्दीप स्याम्चेन तामाङ “राष्ट्रिय सम्मान २०८०” बाट सम्मानित

काठमाडौ । शान्ति इन्टरटेन्टमेन्टले आयोजना गरेको गायन प्रतियोगिता नेशनल भ्वाइस फाईनल कार्यक्रम समापन भएको छ। सोही कार्यक्रममा धादिङका म्हेन्दोमाया गायक सन्दीप स्याम्चेन तामाङलाई राष्ट्रिय सम्मान २०८० बाट सम्मान गरिएको छ । तामाङले बिगत लामो समय देखि गीत संगीत क्षेत्रमा लागि परि योगदान पुर्याएको भनी शान्ति इन्टरटेन्टमेन्टले उक्त सम्मान प्रदान गरेको हो ।

नेपालीको तन नेपालीको मन नेपालीकै च्वाईस भन्ने मूल नाराका साथ 2080पौष 7 गते गायन प्रतियोगिता नेशनल भ्वाइस फाईनल कार्यक्रम सम्पन्न भएको छ।नेपालभरी छरिएर रहेको प्रतिभाहरुलाई एकै ठाउँमा समेटी प्रतिस्पर्धा गराउदै अन्तिम 10 जना प्रतियोगीहरुलाई काठमाडौमा ल्याएर फाईनल गरीएको हो।देशभरी छरिएर रहेको प्रतिभा चयन गर्ने क्रममा निर्णायकहरु वरिष्ठ निर्देशक तथा गीतकार मीन सागर लामा,वरिष्ठ संगीत संयोजक राजु खड्का,चर्चित गायक उत्सब सुब्बा लामा चर्चित गायिका सीता के.सी.,चर्चित गायक जि पून(जीत बहादुर पुर्जा पून)चर्चित गायक रेशम कुमार विश्वकर्मा,चर्चित गायक भिम बहादुर मगर,साउन्ड इन्जिनियर गोविन्द सोनी र चर्चित गायक कृति मान तामाङ रहेको थियो।उक्त प्रतियोगितामा सहभागी नेपालभरको प्रतियोगीहरुलाई पछि पार्दै जेनी थिङ तामाङ प्रथम,अर्पण बि.क.द्वितीय र राज राई तृतीय भएका छन्।
उक्त प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुने सहभागीहरुलाई ट्रफी र सम्मानपत्र बाट सम्मान गरिएको थियो।र प्रथम हुने एकजनालाई एउटा गीत रेकर्डिङ र भिडियो बनाई बजार ब्यबस्थापन गरिदिने कुरा आयोजक टिमले जानकारी दिनु भएको छ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ संगीत साधक,संगीत गुरु गुरुदेव कामत हुनुहुन्थ्यो भने विशिस्ठ अतिथिहरु चलचित्र निर्देशक,कलाकार उत्तम के.सी.वरिष्ठ नृत्य निर्देशक कमल राई, वरिष्ठ नृत्य निर्देशक राजु शाह,वरिष्ठ गीतकार डा.ओम कृष्ण प्रसाई र वरिष्ठ गायिका सब्बु के.सी.रहनु भएको थियो।

उक्त कार्यक्रममा निर्देशक देब दोर्जे लामा,गायक प्रबिन राई,गायक माधव भन्डारी,मोडल बिजेन्द्रा नौबागे,गायक सन्दिप स्यामचेन,पत्रकार राजकुमार तामाङ,गायक टीका बम्जन,गायक अभिनय यादव,गायक सन्जोक योन्जन,गायक सोनाम योन्जन लामा,निर्देशक/कलाकार रेशम कुमार स्याउली तामाङ,वरिष्ठ साउन्ड इन्जिनियर डिका गुरुङ,मोडल सुरज लामा,खबर सेन्टर डट कमकामुख्य सम्पादक उत्तम श्रेष्ठ मित्र प्रेशका संचालक अमृता श्रेष्ठ,गायक शैलाप वाइबा(पन्चमान तामाङ)वरिष्ठ गीतकार राजेन्द्रप्रसाद कोईराला र साउन्ड गार्डेनका संचालक रामचन्द्र भन्डारी सम्मानित हुनु भएको थियो।

     कार्यक्रम काठमाडौको ठमेल स्थित 3rd eye Auditorium ज्याठामा वरिष्ठ संगीतकार शान्ति इन्टरटेन्टमेन्ट्का अध्यक्ष विकास चौधरीको सभापतित्वमा  सम्पन्न भएको छ।