शिङ्ल्हा म्हानेको परिचय

धादिङ।उत्तरी धादिङ जिल्लाको ऐतिहासिक एवं धार्मिक पर्यटक स्थल सिङल्ह रूबीभ्यालीको सेर्तुङ गाविसमा पर्दछ ।

सिङ्गलादेवी परापूर्वकालदेखि नै स्थानिय बासिन्दाहरुले धार्मिक स्थलको रुपमा श्रद्धा, आस्था भावका साथा मान्दै आएका छन् ।

सिङ्गलादेवी बारेमा धेरै बर्ष पहिले योञ्जन थरका तामाङ गोठालाले मङ्गच्यात भन्ने ठाउ‘मा गोठ गरी बस्दा राती सपनामा चमत्कारपूर्ण चेलीले लेकमा प्रत्येक बर्ष भक्तिभासाथ पूजा अर्चना गर्नु भनेकाले योञ्जन गोठालाले एउटा माने खडा गरे । त्यही समयदेखि प्रत्येक बर्षको भदौ पूर्णिमामा जात्रा हुन्छ ।

जात्रामा झाक्रीहरुको महत्वपूर्ण स्थान हुन्छ । त्यो वेला नयॉ झाक्रीहरुलाई वाङ्गगुर दिन्छन् जसबाट झाक्रीहरु एकदमै निपुण, सक्षम, एवं सवल हुन्छन् भन्ने विश्वास गरिन्छ ।

तीन बर्षसम्म लगातार सिङल्हामा गई पुजा गरेमा आफ्नो इच्छा पुराहुने श्रद्धालु भक्तजनहरु विश्वास गर्दछन् । धादिङ लगायत नुवाकोट र रसुवा जिल्लाका विभिन्न गाउ‘बाट पनि झाक्रीहरु ढ्याङ्गग्रो बजाउदै मीठो लयमा गीत गाउदै नॉचगान गर्ने गर्दछन् । यस जात्रामा विशेष गरी युवा–युवतीहरुको अति घुइ‘चो हुन्छ ।

चेलीहरुले यस जात्रामा अनेकन प्रकारका मिष्ठान्न भोजनहरु तयार पारेर लैजान्छन् । अनि नयॉ झाक्री लगायत त्यस जात्रामा सम्मिलित दाजुभाइहरुलाई बॉडछन् । दाजुभाइहरुले पनि आफ्नो गच्छेअनुसार पैसा दिन्छन् । मनै लोभ्याउने मनोरम प्राकृतिक दृष्यहरुले भरिपूर्ण यस क्षेत्र एक मनमोहक लेकाली स्थल हो ।

यस क्षेत्रबाट गगनचुम्वी गणेश हिमाल, प्यालदोर हिमाल देखि लिएर पङसङ भञ्ज्याङ्ग र विभिन्न लेकाली फॉट र खर्कहरु देखिन्छन् । यस लेकको अनौठो प्रकारको रंगीचंगी फुलहरुले पर्यटकहरुलाई आनन्दित तुल्याइदिन्छन् ।

सिङ्गलादेवी मनोरम प्राकृतिक दृष्यावलोकन गर्न प्रत्येक वर्ष थुप्रै विदेशी पर्यटकहरुले आहोर–दोहोर गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here