आज देशभरको मौसम घमाइलो हुने

युनिस तामाङ
धादिङ।आज देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम घमाइलो रहनेछ ।

जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक असर परे पनि दसैँभर सामान्यतया मौसम सफा रहने जनाएको छ ।

मौसमविद् रोजन लामिछानेका अनुसार आज दिउँसो देशको पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहे पनि दसैंभर मौसम सफा रहनेछ ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । मौसमविद् लामिछानेका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

  
 
  
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here