छाप्चेत युवा जागरण तथा दशै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

छाप्चेत युवा जागरण तथा दशै,शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

अग्रज’लाई सम्मान युवालाई प्रोहोत्सान भन्ने मुल नाराका साथ उक्त कार्यक्रमको आयोजना गरेको हो ।उक्त कार्यक्रमको आयोजक छाप्चेत युवा जागरणले गरेका थिए।

कार्यक्रमको प्रमुख अतिथि सागर तामाङ र विशेष अतिथि प्रकाश तामाङ,अग्रज दल गुरुङ तामाङ र कांछा तामाङ’को सभापतित्वमा युवाहरुलाई ड्रेस वितरण तथा चियापान गरेको थियो ।भने दल गुरुङ तामाङलाई अग्रजको रूपमा खादा अर्पण गरेर सम्मान गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि सागर तामाङले खेलाडीहरु इमांदर हुनु पर्ने र भावी दिनमा देशको नाम कमाउन सफल होस भन्दै शुभकामना दिएका थिए।

त्यस्टै,सभाध्यक्ष कांछा तामाङले पनि खेलाडीले खेलाडीले राम्रो संग खेल्यो भने आफूले सक्ने सहयोग सधै गर्ने प्रतिबद्धता जनाउनु भएको थियो।बिशेष अतिथि प्रकाश तामाङले पनि आफुसंग खेलको अनुभव पनि भएको हुनाले,खेलाडीलाई हौसल्लाह स्वरूप जहाँ पनि सहायोग गर्ने र भावी दिनहरुमा आर्थिक सहयोग गर्ने उनले बताए।

त्यस्टै,नेकपा एमाले का युवा नेता इमान तामाङले पनि म्यसेज मार्फत खेलाडीहरुलाई बधाई तथा शुभकामना पठाउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here