कार्तिक १३ गते,झार्लाङ मण्डलीहरुको ४५ औ बृहत् बार्षिक उत्सव तथा पुस्तक विमोचन कार्यक्रम हुने

धादिङ । खनियाबास ग़ाऊपालिका वडा न.१,साबिक झर्लाङ २ को जोङ खेल मैदानमा कार्तिक १३ गते झार्लाङ मण्डली इतिहास पुस्तक बिमोचन हुने भएको छ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकटेल,विशेष अतिथि संघीय सांसद रामनाथ अधिकारी ,बागमती प्रदेशका सांसद डम्बर तामाङ ,अतिथिहरु खनियाबास गाऊपालिका’का अध्यक्ष रण बहादुर तामाङ,उपाध्यक्ष सेक्केमान तामाङ, लगायत अन्य जनप्रतिनिधिहरु,पार्टी प्रतिनिधिहरुको आतिथ्यतामा हुने,कार्यक्रम संयोजक अब्राहम तामाङले होराइजन खबरलाई बताए ।

कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु, सुलेमान शंकर(ईकु) र स्थानीय कलाकार अभय योंजन’को बेजोड प्रस्तुती रहने आयोजक टिमले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here