गंगाजमुनाको रि जाँदै गरेको जीप दुर्घटना  हुँदा एक मृत्यू, ५ जना घाइते

धादिङ । उत्तरी धादिङको गंगाजमुना रि जाँदै गरेको जीप आइतबार दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । बिहान अन्दाजी ११ः३० बजेको समयमा भे १ ज २६६९ नं. को जीप गङ्गाजमुना गाउँपालिका वडा नं. ४ सातदोबाटोमा पल्टेर सवारी दुर्घट्ना भएको हो ।

जीपमा सवार १७ जना यात्रु मध्ये गङ्गाजमुना गाउँपालिका वडा नं. २ स्थायी ठेगना भएको अन्दाजी १५ वर्षको बालक घट्नास्थलमै मृत्यु भएको थियो । जीपमा सवार २ जना सानो बच्चा सहित ५ जना सामान्य घाईते भई स्थानीय स्वास्थ्य चौकीमा लगेर प्राथामिक उपचार भईरहेको छ । जीपमा सवार अन्यको अवस्था सामान्य रहेको बताईएको छ ।

घटना पछि चालकलाई ईलाका प्रहरी कार्यालय, फुलखर्कले नियन्त्रणमा लिएको छ । अहिले मृतकको पोष्टमार्टमको लागि जिल्ला अस्पताल धादिङमा ल्याउने तयारी भईरहेको र घट्नास्थलमा नेपाल प्रहरी, गङ्गाजमुना गाउँप्रहरी, वडा अध्यक्ष तथा स्थानीय नागरिक सहितको टोलीले समन्वय भैरहेको बताईएको छ ।

सवारी दुर्घटनाको कारण उकालोमा ब्रेक फेल भएर भएको स्थानियहरुले बताएका छन् ।

साभार: रेडियो नीलकण्ठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here