गायिका रमला पाख्रिन तामाङ ‘राष्ट्रिय व्यक्तित्व तथा प्रतिभा सम्मान २०८०’ बाट सम्मानित

काठमाडौ । गायिका रमला पाख्रिन तामाङ ‘राष्ट्रिय व्यक्तित्व तथा प्रतिभा सम्मान २०८०’ बाट सम्मानित भएकी छन् ।

शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा रिवन इन्टरटेनमेन्ट प्रालिले पाख्रिनलाई उक्त सम्मान अर्पण गरेको हो। राष्ट्रिय गानको रचनाकार ब्याकुल माइला, गायिका देविका बन्दना, अभिनेता धिरेन शाक्य, प्रालिका अध्यक्ष निशुकान्त झा लगायतका व्यक्तित्वहरुको सहभागितामा पूर्व उपराष्ट्रपति परमानन्द झाले उनलाई सम्मानपत्र प्रदान गरे।

झन्डै साँढे दुई दशकदेखि सांगीतिक क्षेत्रमा अनवरत रूपमा लागेकी पाख्रिनले विशेषत धादिङ, नुवाकोट र रसुवा जिल्लाको पश्चिमी भेगमा तामाङ समुदायमा प्रचलित लोकगीत म्हेन्दोमायालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउन अतुलनीय योगदान पुर्‍याएकी छन्। ०५६ मा ‘म्हेन्दोमाया युवा समाज नेपाल’को सहयोगमा पहिलो ‘म्हेन्दोमाया गीतिसंग्रह’मा समावेश ‘डेन्साङ डेन्साङ फ्याफुल्ला’ स्वागत गीतमा स्वर दिएर उनले ‘म्हेन्दोमाया’ गीतको पहिलो महिला गायिकाका रूपमा संगीतको यात्रा तय गरेकी थिइन्। हालसम्म उनले म्हेन्दोमायासँगै तामाङ सेलो, नेपाली आधुनिक गरी ६ सय भन्दा बढी गीतमा आफ्नो स्वर भरेकी छन्। उनका ‘अम्बले अम्बले’, ‘लक्पर योन्दोङ’, कस्र्योल पोङ’, ‘साइकोले कोउ’, ‘सिङ्ल म्हने’ ‘गङजोरी तामर म्हेन्दो’, ‘रन्ता तपरीम’ जस्ता गीतहरु  चर्चित छन्। हालै मात्र उनले ‘म्हेन्दोरी लोई’ बोलको म्हेन्दोमाया गीत म्युजिक भिडियोसहित सार्वजनिक समेत गरेकी छन्। सम्मानले सांंगीतिक सिर्जनाका लागि अझै उर्जा थपिएको उनले सुनाइन्।

‘हाम्रो अभियान देशको गौरवलाई सम्मान’ भन्ने अभिप्रायले गरिएको सम्मान कार्यक्रममा गीतसंगीत तथा लेखन क्षेत्रका दर्जनभन्दा बढी स्रष्टाहरुलाई सम्मान गरिएको थियो।प्रा.लिले पाख्रिनलाई उक्त सम्मान अर्पण गरेको हो। राष्ट्रिय गानको रचनाकार ब्याकुल माइला, गायिका देविका बन्दना, अभिनेता धिरेन शाक्य, प्रालिका अध्यक्ष निशुकान्त झा लगायतका व्यक्तित्वहरुको सहभागितामा पूर्व उपराष्ट्रपति परमानन्द झाले उनलाई सम्मानपत्र प्रदान गरे।

झन्डै साँढे दुई दशकदेखि सांगीतिक क्षेत्रमा अनवरत रूपमा लागेकी पाख्रिनले विशेषत धादिङ, नुवाकोट र रसुवा जिल्लाको पश्चिमी भेगमा तामाङ समुदायमा प्रचलित लोकगीत म्हेन्दोमायालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउन अतुलनीय योगदान पुर्‍याएकी छन्। ०५६ मा ‘म्हेन्दोमाया युवा समाज नेपाल’को सहयोगमा पहिलो ‘म्हेन्दोमाया गीतिसंग्रह’मा समावेश ‘डेन्साङ डेन्साङ फ्याफुल्ला’ स्वागत गीतमा स्वर दिएर उनले ‘म्हेन्दोमाया’ गीतको पहिलो महिला गायिकाका रूपमा संगीतको यात्रा तय गरेकी थिइन्। हालसम्म उनले म्हेन्दोमायासँगै तामाङ सेलो, नेपाली आधुनिक गरी ६ सय भन्दा बढी गीतमा आफ्नो स्वर भरेकी छन्। उनका ‘अम्बले अम्बले’, ‘लक्पर योन्दोङ’, कस्र्योल पोङ’, ‘साइकोले कोउ’, ‘सिङ्ल म्हने’ ‘गङजोरी तामर म्हेन्दो’, ‘रन्ता तपरीम’ जस्ता गीतहरु  चर्चित छन्। हालै मात्र उनले ‘म्हेन्दोरी लोई’ बोलको म्हेन्दोमाया गीत म्युजिक भिडियोसहित सार्वजनिक समेत गरेकी छन्। सम्मानले सांंगीतिक सिर्जनाका लागि अझै उर्जा थपिएको उनले सुनाइन्।

‘हाम्रो अभियान देशको गौरवलाई सम्मान’ भन्ने अभिप्रायले गरिएको सम्मान कार्यक्रममा गीतसंगीत तथा लेखन क्षेत्रका दर्जनभन्दा बढी स्रष्टाहरुलाई सम्मान गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here