धादिङ जिल्लाको नीलकण्ठ ११ मा ट्याक्टर चलाउन निषेध

धादिङ । धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा न. ११ ले वडाभित्र ट्याक्टर संचालनमा रोक लगाएको छ । वडा कार्यालयले सार्वजनिक सूचना जारी गरेर ट्याक्टर संचालनमा रोक लगाएको हो ।
कच्ची सडकहरुमा ट्याक्टर चलाउँदा वर्खायाममा बाटो हिलाम्मे हुने र क्याक्टरको टायरले सडकमा ठुल्ठूला खाल्टो बनाउने भएको ट्याक्टर संचालनमा रोक लगाइएको वडा अध्यक्ष राम बहादुर श्रेष्ठले बताए ।

वडाभित्रको मुख्य मानिने गोलाभञ्ज्याङबाट सिम्ले हुँदै टोड्के पुग्ने सडक र गोलाभञ्ज्याङबाट चामभञ्ज्याङ हुँदै जुम्म्रे पुग्ने सडकसहित शाखा सडकहरुमा वर्खायामभरका लागि ट्याक्टर संचालनमा रोक लगाइएको वडा अध्यक्ष श्रेष्ठले बताए ।

वर्षातको बेला ट्याक्टरले बाटो खोतल्ने र ट्याक्टर गडेको बाटोमा अन्य सवारी गुड्न नसक्ने गरी सडक विग्रिने भएकोले ट्याक्टरलाई वर्षातको समयभर निषेध गरिएको उनले जानकारी दिए ।

मंगलबार एक सुचना जारी गर्दै वडा कार्यालयले भनेको छ–‘वर्षातको समयमा बिभिन्न ठाउँमा पहिरो गई बाटोहरु अवरुद्ध भइ पटक पटक बाटो सफा गर्दा पनि बाटोमा पहिरो गइ बिग्रेको र त्यसै माथी ट्रयाकटरहरु दौडिदा पुरै बाटो नै बिगारेर अन्य गाडिहरु आवत जावत गर्न नै रोकिएको हुँदा आजको मितिदेखि अर्काे सूचना नआएसम्म नीलकण्ठ न.पा. ११ को बाटोहरुमा ट्याक्टर हिडाउन नपाउनेगरी निषेध गरिएको छ ।’

अटेर गरेर ट्याक्टरहरु हिडाएको थाहा भएमा कडाइका साथ कारबाही गरिने सुचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here