मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन

काठमाडौं । नेपालले एसिसी यू १६ इस्ट जोन कपको फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले हराउँदै च्याम्पियन बनेको छ ।
जितको लागि २ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १४.४ ओभरमा ३१ रनमा अल आउट हुँदा नेपाल च्याम्पियन बनेको हो ।
समूह चरणमा नेपालले थाईल्यान्डलाई २ सय २५ र मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनले हराउँदै फाइनल खेलेको थियो । नेपालले तेस्रो पटक उपाधि जितेको हो । यसअघि नेपालले २०१७ र २०१९ मा पनि यू१६ को उपाधि जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here