मुख गन्हाउनुका कारण र समाधानका उपायहरु

कतिपय मानिसलाई मुख गन्हाउने समस्याले निकै तनावमा पारेकाे हुन्छ । उनीहरू त्यही समस्याकै कारण न अरूसँग राम्राेसँग बाेल्न सक्छन् न त खुलेर हाँस्न नै सक्छन् । हामी यहाँ मुख गन्हाउने समस्या किन हुन्छ र यसकाे समाधान के हाे भन्ने विषयमा चर्चा गर्दैछाैं ।
हामीले ध्यान दिनुपर्ने कुरा मुख गन्हाउनुमा मुख वरिपरि अथार्त दाँत र गिँजाकाे समस्या हुन्छ भने अर्काेतिर, घाँटीसम्बन्धी वा पेटसम्बन्धी समस्याले पनि यस्ताे समस्या देखिन्छ । यस्ताे समस्याकाे समाधान कसरी गर्ने त ? जानाैं केही उपाय :
धेरै गुलियो, अमिलो खानेकुरा सकेसम्म कम खाने ।

धेरै तातो र धेरै चिसो नखाने ।
मादक पदार्थ, धूम्रपान र सुर्ती सेवन नगर्ने ।
हतारमा, जोडसँग घोटेर दाँत नमाझ्ने ।
मुखमा खानेकुरा राखेर नसुत्ने ।
बच्चाको मुखमा दूधको बोतल राखेर नसुताउने ।
बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने ।
रेसा भएको र पोसिलो खानेकुरा खाने ।
पानी प्रशस्त पिउने ।
वेलावेलामा मुख कुल्ला गरेर दाँतमा अड्किएका खानेकुरा हटाउने, डेन्टल फ्लसको प्रयोग गर्न पनि सकिन्छ ।
नरम ब्रसले दाँत माझ्ने, जिब्रो पनि सफा गर्ने ।
फ्लोराइडयुक्त मन्जन प्रयोग गर्ने ।
हरेक ५ महिनामा दाँत जँचाउने ।
डब्लुएचओका अनुसार नेपालका ६० प्रतिशत बालबालिका र पाँचदेखि १० प्रतिशत वयस्क तथा युवामा दाँत र मुखमा समस्या देखिने गरेको छ । मुख गनाउनुको प्रमुख कारण जिब्रो सफा नहुनु हो । एजेन्सीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here