संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना: जना गम्भीर घाइते

संखुवासभा — संखुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ । केही बेरअघि हेलिकप्टर दुर्घटना भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाले बताए ।

हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

संखुवासभा विमानस्थल प्रमुख भानु कोइरालाका अनुसार, शुक्रबार दिउँसो १ बजेतिर हेलिकप्टर दुर्घटनामा परेको हो । प्रमुख कोइरालाले दुर्घटनामा मानवीय क्षति नभएको बताए । उद्धारका लागि केही बेरअघि सैनिक खाँदबारीबाट हेलिकप्टर पठाइएको उनले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार, लुक्लामा रहेको सिम्रिक एयरको अर्को हेलिकप्टर पनि उद्धारका लागि घटनास्थलतर्फ गएको छ । प्रवक्ता सिटौलाले हेलिकप्टरका पाइलट सुरेन्द्र पौडेलको टाउकोमा चोट लागेको र उनी बोल्न सक्ने अवस्थामा रहेको जानकारी आएको बताए । यो हेलिकप्टरले विद्युत्का सामग्री झुन्डयाएर सिलिङ अपरेसन गर्दै आइरहेको थियो ।

हेलिकप्टरले माटो,ढुंगा तथा कंक्रिटलगायतका सामान लिएर आएको माथिल्लो अरुण आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले बताए । हेलिकप्टरमा ४ जना गम्भीर घाइते
१. पाइलट-सुरेन्द्र पौडेल
२. हेलिको टिम सदस्य छिरिङ भोटे (चेपुवा)
३. बिक्रम नेपाल – अप्पर अरुनको स्टाफ
४. स्थानिय भबिन गुरुङ
उहाहरुलाई नेपाल आर्मिको हेलिबाट उपचारको लागि काठमाडौ लानको लागि तयारी हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here