किन टिक्दैन कलाकारको प्रेम सम्बन्ध ?

काठमाडौँ । कलाकारहरुको प्रेम गाँसिनु र ब्रेकअप हुनु संसारमै नौलो कुरा होइन । न त नेपाली फिल्म क्षेत्रमा । हरेक हप्ता वा महिनामा कुनै न कुनै कलाकारको प्रेम र ब्रेकअपको खबरले मिडियाका पेज थ्री भरिने गरेको हुन्छ ।

यतिबेला अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको ब्रेकअपको चर्चाले फिल्म क्षेत्र गर्माएको छ । यी दुवैले ५ वर्षभन्दा लामो प्रेम सम्बन्धलाई पूर्णविराम लगाएको चर्चा छ ।यो जोडी दुई वर्षदेखि विवाह बन्धनमा बाँधिने तयारीमा थियो । कोरोना महामारी नफैलिएको भए सम्भवतः २०७७ सालमा उनीहरु विवाह बन्धनमा बाँधिन पनि सक्थे ।

विवाहको कुरा गर्न सौगात २०७६ सालको दशैंताका सृष्टिको परिवारसँग भेट्न यूके पुगेका थिए । सृष्टिको परिवारले विवाहका लागि अनुमति पनि दिएको थियो । तर, विभिन्न कारणले उनीहरुको विवाह टर्दै आएको थियो ।अब उनीहरुले प्रेम सम्बन्धलाई नै टुंग्याएको बताइन्छ ।

यतिबेला सृष्टि परिवारसँग यूकेमा छिन् । सौगातसँग ब्रेकअपपछि उनी युके उडेको निकट स्रोत बताउँछ । सौगात भने नेपालमा छन् । केही समयअघिसम्म सृष्टिले सौगातसँगका तस्विरहरु इन्स्टाग्राममा राख्ने गरेकी थिइन् । तर, अहिले ती कुनै पनि तस्विर उनको इन्स्टाग्राममा भेटिन्न ।

६ लाख भन्दा बढी फलोअर्स भएको इन्स्टा ग्राम एकाउन्टबाट नायिका तथा पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठले नायक सौगात मल्लसँगका सबै तस्विर हटाएकी छिन् । कुनै समय सौगात र श्रृष्टीका थुप्रै तस्विर इन्स्टा ग्राममा भेटिन्थे । तर, अहिले श्रृष्टीको इन्स्टामा सौगातसँगका कुनै पनि तस्विर छैनन् ।

उनीहरूले एकैसाथ काम गरेको फिल्म ‘माइकल अधिकारी, पोइ पर्यो काले’को मात्र पोष्टर देख्न सकिन्छ । फिल्म ‘राधा’ रिलिजसम्म पनि सौगात र श्रृष्टी एकैसाथ थिए । तर, पछिल्लो समय श्रृष्टीको इन्स्टा हेर्ने हो भने उनले सौगातसँगको कुनै पनि तस्विर राखेकी छैनन् ।

यसैले, पनि यी दुइबिचको सम्बन्धमा खटपट भएको बुझ्न सकिन्छ । सेलिब्रिटीहरुले सामाजिक संजालमा तस्विर राखेर हटाउँदा सम्बन्धमा खटपट आएको र ब्रेकअप नै भएको यस अगाडि पनि देखिएको छ । फिल्मी बजारमा सौगात र श्रृष्टीबिच ब्रेकअपको चर्चा चलिरहँदा श्रृष्टीले सौगातसँगको तस्विर सबै हटाउनुले पनि यसलाई पुष्टि गर्ने आधार दिन्छ ।

फिल्म ‘गाजलु’ रिलिज भएपछि सौगात र श्रृष्टी नजिक भएका थिए । यसपछि, उनीहरू लामो समय लिभिङ टूगेदरमा पनि बसे । सौगातले श्रृष्टीसँग बिहे गर्ने भन्दै युके पुगेर श्रृष्टीको परिवारसँग कुरा पनि गरेका थिए । फिल्म ‘राधा’ रिलिजको समय अर्थात् भदौमा यी दुईले यही बर्ष बिहे गर्ने समेत बताएका थिए ।

तर, यी दुईको सम्बन्धले अहिले नयाँ मोडल लिएको देखिन्छ । यो विषयमा सौगात र श्रृष्टीले केही पनि बोलेका छैनन् । अब दुवै दुई ध्रुव भएको चर्चा छ । प्रेम सम्बन्धलाई खुलेर व्यक्त गरेका सौगात र सृष्टिले ब्रेकअपको चर्चालाई कसरी लिन्छन्, त्यो हेर्न बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here