सिद्धलेक गाउँपालिका १ मा आयोजित बृहत ल्होछार विशेष कार्यक्रम सप्पन्न

धादिङ । सिद्धलेक गाउँपालिका वडा न. १ मा आयोजित बृहत ल्होछार विशेष कार्यक्रम शुक्रबार सप्पन्न भएको छ ।

सिद्धलेक गाउँपालिका वडा न. १ का अध्यक्ष पेमा तामाङको प्रमुख आतिथ्य, डि.बि वाईबाको विशेष आतिथ्यता एबं रिनछिङ डोल्मा लामाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

राष्ट्रिय पर्व मञ्जुश्री संम्बत २८५९ सोनाम ल्होछार ह्योई ल्हो बिरालो बर्गको अबसरमा नेपाल तामाङ घेदुङ वडा कार्यसमिति द्वारा आयोजित कार्यक्रममा मेन्दोमया कलाकारहरु यु.बि. मङग्रेसा, बिकल लामा (फुंचे)लगायतका कलाकारहरुको बेजोडको प्रस्तुति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै, प्रमुख अतिथि पेमा लामा तामाङले तामाङ समुदायको हरेक कार्यक्रमहरुमा आफुले सक्ने साथ र सहयोग गर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here