खनियाबासको घाम्सा सल्लेरीमा बृहत सोनाम ल्होछार विशेष कार्यक्रम हुने

धादिङ । रङ्ज्युङ तेन्पा बोद्ध गुम्बाको आयोजना तथा रङ्ज्युङ युवा समाज सह आयोजक खनियाबास गाउँपालिका अध्यक्ष रन बहादुर तामाङको प्रमुख आतिथ्य तथा पालिका उपाध्यक्ष सेकेमानको बिशेष आतिथ्यमा खनियाबास ४ घाम्सा सल्लेरी दार्खामा बृहत् सोनाम ल्होछार कार्यक्रम हुने भएको छ ।

राष्ट्रिय पर्व मञ्जुश्री संम्बत २८५९ सोनाम ल्होछार ह्योई ल्हो बिरालो बर्गको अबसरमा सोनाम ल्होछार वृहत म्हेन्दोमाया सांस्कृतिक कार्यक्रम हुने भएकोले सम्पूर्ण ल्होछार प्रेमि आमा बुवा दाजुभाई तथा दिदी बहिनीहरुलाई उपस्थितिको लागि निमन्त्रणा गरिएको छ ।

कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउनका लागि ख्यातिप्राप्त चर्चित कलाकारहरु युबि मोङ्रेसा, रमला पाख्रिन, सन्दीप स्याम्चेन,दिल कुमार,बिकाल तामाङ,सृष्टि थोकार,मोहन सिंह,निसा तामाङ  लगाएत कलाकार संघका कलाकारहरु उपस्थिति रहने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here