शीर्ष तहबाटै गृह मन्त्रालय टुंगो लगाउने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवासमा आज भएको भेटवार्तामा सत्तारुढ दल भित्र देखिएको बिमतिलाई हल गर्ने बारेमा दुवै नेता बिच छलफल भएको हो ।
सत्तारुढ दलको मुख्य घटक राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भागबन्डा अनुरुप गृह मन्त्रालय नदिएका सरकार छाडने दुई दिने अल्टिमेटम सकिन लागेको बेला दुई शिर्ष नेताका बिचमा भेटवार्ता भएको हो ।
रास्वपाले माग गरे बमोजिम उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकमार्फत उक्त मन्त्रालयको बिबाद हल गर्नुपर्ने रास्वपाको अर्को माग रहे पनि सो बैठक बोलाउने नबोलाउने बारेमा दुवै नेताले केही जनाएका छैनन ।
यद्यपि, रास्वपाको सत्ता बर्हिगमनको चेतावनीलाई लिएर दुवै नेताका बिचमा गम्भिर छलफल भएको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here