समाज सचेत केन्द्र नुवाकोट स्थापनाको २४ बर्षमा प्रवेश

नुवाकोट, मंसिर – २७ । समाज सचेतन केन्द्र नुवाकोट स्थापना भएको आज २३ वर्ष पुरा भै २४ वर्ष मा प्रवेश गरेको छ । शिक्षा स्वास्थ सरसफाइको क्षेत्रमा काम गर्नका लागी परोपकारी मानवअधिकारबादी संस्था स्थापना गरिएको हो । संस्थापका अध्यक्ष यम कुमार खाती क्षेत्री बिगतलाई यसरी सम्झनु,हुन्छ ।

समाजमा केही गर्ने चाहनाले मेरो नेतृत्वमा मेरै बुवाले दिएको पैतृक सम्पती संस्थाको नाममा दर्ता गरी संचालन गरियो । सुरूमा संञ्चालन गर्दा धनसिह तामाङ, रामहरी प्र. रिमाल बाजे, पुरूषोतम रिजाल, बिना खाती, यमनाथ भट्ट, खिल प्र दुवाडी, कृष्णकुमार खाती पुरूषोतम डंगोल, चन्द्र ब श्रेष्ठ नारायण चालिसे लगायतका मित्रजनले महत्वपुर्ण सहयोग पुर्याउनु भएको थियो ।

सुरूदेखी आजसम्म पुस्तकालय स्थापना भै सञ्चालन भैरहेको छ । समाज सचेतन केन्द्रमा निशुल्क सेवा दिने मैले अवसर पाएकोले आजसम्म समय दिदै आएकोछु । पुस्तकालय निरन्तर सञ्चलन गर्न सारै गारो भयकोले सचेतन सामुदायिक सिकाइ केन्द्र, सचेतन सामुदायिक पुस्तकालय, सचेतन सामुदायिक हितकोष, लगायतका सस्था दर्ता गरेर पुस्तकालय निरन्तर सञ्चलन गर्न सफल भएका छौ । नुवाकोट जिल्लामा निराक्षरहरू लाई शाक्षर बनाउन महत्वपुर्ण भुमिका खेलेको यो संस्थाले २ पटकसम्म महायज्ञा लगाउने, सितोरियो कराते सञ्चालन गर्ने, गाउँ गाउँमा बचत गराइ समुहलाई आए आर्जनका कार्यक्रम सञ्चालन गर्ने, व्यवारीसे, बृद्द, बिमारीलाई सेवा गर्ने, अनाथ, बालबच्चालाई शिक्षा दिनलाई सेवा गर्ने लगायतका सयौ सयौ पटक समाज बिकासमा महत्वपुर्ण सहयोग पुर्याउन सफल भएको यो संस्था को जन्मदिनको सहयोगी र सहकर्मीलाई सम्झदै सबैमा हार्दिक शुभकामना ।
२०७९ मंसिर २७ सचेतनटोल विदुर नुवाकोट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here