सञ्चारकर्मी महाविर विश्वकर्माको निधन

काठमाडौ । पत्रकार तथा राजनीतिक अभियान्ता महाविर विश्वकर्माको निधन भएको छ । चितवनको नारायणगढबाट काठमाडौं आउँदै गर्दा उनी चढेको माइक्रोबास दुर्घटनामा परि उनको दुखद निधन भएको हो ।
चितवन प्रहरी प्रमुख नवराज अधिकारीका अनुसार आज विहान काठमाडौं आउँदै गरेको माइक्रोबस राप्ती नगरपालिका वडा नम्बर २ हर्दिचोकमा रोकी राखेको भुस बोकेको गाडीमा ठोकिएको थियो ।
ना २ ख ८५२२ नम्बरको ट्रकको पछाडी उनी चढेको हेटौंडाबाट नारयणगढ तर्फ गइरहेको बा ४ ख ४१२ नम्बरको माइक्रो ठोक्किएको थियो । माइक्रोको अगाडी सिटमा रहेका उनलाई उद्दार गरि चितवन मेडिकल कलेज (पुरानो)मा पुर्याएको केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको चितवनबाट पत्रकार गोपाल विश्वकर्माले बताए ।
रेडियो थाहा संचारबाट प्रशारित हुने चर्चित कार्यक्रम बहकिने मनका प्रस्तोता रहेका उनी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here