धादिङको क्षेत्र नम्बर १ को मत गणना सुरु

मंसिर – ५ । धादिङको क्षेत्र नम्बर १ को मत गणना सुरु भएको छ । गल्छी गाउँपालिकाको वडा नं. २ र ५ बाट गणना सुरु भएको हो ।

क्षेत्र नम्बर १ मा पर्ने धुनिवेसी, थाक्रे, गल्छी, वेनिघाट रोराङ र सिद्दलेक गाउँपालिका पर्छ । यो क्षेत्रमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र नेकपा एमालेका जिल्ला अध्यक्ष भुमि प्रसाद त्रिपाठीबीचको प्रतिष्पर्धा सबैको चासोको विषय बनेको छ ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमेडियन हिमेश पन्तले पनि निकै चुनौति दिएको देखिन्छ ।

धादिङ २ मा भने सर्वदलीय बैठक जारी छ । धादिङ–२ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति रामनाथ अधिकारी र एमाले नेता खेम लोहनीबीच प्रतिष्पर्धा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here