यिनै हुन नुवाकोटका दुई आमाछोरीका बिभत्स हत्या गर्ने हत्यारा

नुवाकोट । गएराती आमा छोरीको हत्या गर्ने अभियुक्तलाई प्रहरीले घटनास्थल नजिकैबाट पक्राउ गरेको छ । बिहान ३ बजे बाटोमा हिडिरहेको अवस्थामा अभियुक्त पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दुप्चेश्वर गाउँपालिका वडा नं. ५ का २१ वर्षिया पुस्कल भनिने सोनाम तामाङ छन् ।
साँझ ६ बजे दुई जनाको हत्या गरेर फरार भएका भनिएका तामाङलाई खोजीगर्ने क्रममा बाटोमा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी रुपक खड्काले जानकारी दिए । तामाङलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको छ । तामाङ सन्काह प्रवृत्तिको भएको र हिजो बिहानैदेखि नाङ्गो खुकुरी देखाउँदै गाउँ घुमिरहेको स्थानीयहरुले बताएका छन् ।
दुप्चेश्वर गाँउपालिका वडा नम्बर ५ बालकुमारीको ढूलोढुंगा स्थित भंगेरीमा आमा छोरीको वित्भस हत्या भएको थियो । घरमा कोही नभएको र श्रीमान छिमेकीको धान भित्राउने मेलामा गएर फर्कने क्रममा रहेको समयमा तामाङले केशव खतिवडाका २१ वर्षिय श्रीमती सम्झना खतिवडा र ४ वर्षिय छोरी क्रिष्टिना खतिवडाको वित्भस हत्या गरेका हुन् ।
आमा छोरी दुवैको गर्धनमा खुर्पा प्रहार गरीएको देखिएको छ । आमाको लाश घरको आँगनमा र छोरीको घरको मूल ढोका अगाडी घुडाँ मारेर बसेको अवस्थामा रहेको थियो । छोरीको अगाडी किताव पढ्न बसेको अवस्थामा घटना घटेको जस्तो देखिएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकर थापाले बताए ।
उक्त घर एकान्त जस्तोमा छ । वरपर एक सय मिटरसम्म अरु घर नरहेको र एकान्त जस्तो अवस्थामा रहेको घरमा पुगेर तामाङले खुर्पा प्रहार गरी आमा छोरीको वित्भस हत्या गरेको देखिएको स्थानीयहरुको भनाई छ ।

साभार : खबर पेज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here