तान्जानियामा एक विमान तालमा खस्यो, १९ जनाको मृत्यु

अन्तरास्ट्रिय खबर । तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। 
आँधीसहितको खराब मौसममा अवतरण गर्ने प्रयासमा लेक भिक्टोरिया तालमामा विमान दुर्घटना भएको छ।
दार ए सलामबाटबाट उडेको विमान लेकसाइड सहर बुकोबामा अवतरण गर्ने प्रयास गर्दा दुर्घटनाग्रस्त भएर तालमा खसेको थियो  विमानमा ४३ जना यात्रु रहेको जनाइएको छ। 
उद्धारकर्ता र माझीहरूले विमानभित्र फसिरहेकाहरूलाई बाहिर निकालेका छन्। विमान दुर्घटना भएपछि एकजना उडान परिचरले पछाडिको ढोका खोलेपछि यात्रु बच्न सफल भएको उनीहरूले बताएका छन्। घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ।
दुर्घटनाग्रस्त विमान प्रिसिजन एअर तान्जानियाको प्रमुख निजी वायुसेवा हो।