शिक्षालाई प्रभावकारी बनाउन रुबीभ्यालीमा डिजिटल शिक्षा प्रणालीको उद्घाटन

कार्तिक – २१, धादिङ । रुबीभ्याली गाउँपालिकाले शिक्षालाई प्रभावकारी बनाउन एबं आधुनिकीकरण गर्न सोमबार डिजिटल शिक्षा प्रणालीको उद्घाटन गरेको छ ।

रुबीभ्याली ३ सेर्तुङको च्याम्रादेबी माबिमा पालिका भरिका ४ माध्यमिक विद्यालयका शिक्षक प्रतिनिधिहरु लगायत गाउँ पालिका अध्यक्ष, उपाध्यक्ष, पालिका सदस्यहरु, गाउँपालिका प्रशासकिय अधिकृत, त्यस्तै काठमाडौको my second school का प्रतिनिधिहरु लगायतको उपस्थितिमा उद्घाटन गरिएको गाउँपालिका अध्यक्षको सचिवालयले जानकारी गराए ।

विद्यार्थी, अभिभावक, शिक्षक र समुदायलाई एकैसाथ सूचना प्रविधिमा अभ्यस्त गराउन रुबीभ्याली गाउँपालिका सामुदायिक माध्यमिक विद्यालयमा डिजिटल शिक्षा प्रणाली सुरु गर्न लागिएको हो ।
पहिलो चरणमा गाउँपालिकाले १० कक्षालाई डिजिटल प्रविधिबाट पठनपाठन गराउने तयारी थालेकोमा छिट्टै पालिका भरिका सम्पुर्ण विद्यालयहरुका सबै कक्षाहरुमा डिजिटल शिक्षा प्रणाली लागु गरिने पालिकाले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here