धादिङका अग्रज पत्रकार स्व. सिताराम बर्माको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना

कार्तिक – २१, धादिङ । नेपाल पत्रकार महासंघ धादिङ शाखाका संस्थापक अध्यक्ष स्वर्गीय सिताराम बर्माको बार्षीक पुण्य तिथिको अवसरमा धादिङ बेसि स्थित नेपाल पत्रकार महासंघ शाखा सचिवालय परिषरमा स्व. वर्माको स्मृतिमा आयोजित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष राजाराम शर्मा, निवर्तमान पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष नमराज छत्कुली लगायत जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागीतामा स्वर्गीय बर्माको शालिकमा फुल माला मार्लापण गरि श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

स्व. बर्मा नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन धादिङका संस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो । बर्माले लामो समय राससमा आबद्ध रहेर काम गर्नु भएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here