गठबन्धनभित्रको असन्तुष्टि र एमालेको साथले चुनाव जित्ने दाउमा: डम्बर तामाङ,यस्ता छ्न प्रतिबद्धताहरु

धादिङ । २०३३ सालमा धादिङ जिल्ला रुबिभ्यालीको सेर्तुङ बोराङमा जन्मिएका तामाङ हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य छन् । उनको आफ्नो व्यवसाय भने कन्स्ट्रक्सन कम्पनी रहेको छ । उनीसँग विकसित देशहरुमा गएर काम गरेको राम्रै अनुभव समेत रहेको छ । उनको अध्ययन आईएसम्म रहेको छ । उनी प्रखर वक्ता र बौद्धिक छवि भएका युवा नेताका रुपमा चिनिन्छन् । 

तामाङले गर्नुपर्ने कामको भावी योजना मुख्य रुपमा आफ्नो क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई वर्गीकरण सहित तयारी अवस्थामा रहेको समेत बताए । उनले आफुलाई एकपटक भोट हालेर हेरिदिनुहुन भनि भोटरहरुमा अनुरोध समेत गरेका छन् । 

तामाङ पूर्वगृहमन्त्री एवं राप्रपाका बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङका भाई समेत हुन् । तामाङ ०७४ को चुनावमा झिनो मतले पराजित भएका थिए । पुनः आउने मंसिर ४ गतेको निर्वाचनमा नेकपा एमाले र राप्रपाको तालमेलमा धादिङ जिल्ला प्रदेशसभा क्षेत्र नं. २ (ख) तर्फ उम्मेदवारी दिएसँगै तामाङको चर्चा चुलिएको छ । 
गठबन्धनका उम्मेदवार जगत सिंखडालाई हराएर बद्ला लिने र नयाँ इतिहास रच्ने लक्ष्यका साथ चुनावमा होमिएका राप्रपा नेता तामाङ जित सुनिश्चित रहेको बताउँछन् । धादिङका विकासप्रेमी, नयाँ परिवर्तन चाहने व्यक्तिहरु र  बहुसंख्याक तामाङहरुको साथ पाएका उनलाई राप्रपाको विगतको प्रभावले पनि यसपटक केही राहत मिलेको छ । बाम गठबन्धनसँग एक्लै निर्वाचन लड्दापनि थोरै मतान्तरले पराजित भएका तामाङको यसपटक गठबन्धनभित्रको असन्तुष्टि र एमालेको साथलाई नै निर्वाचन जित्ने मुख्य हतियार बनेको छ । 
तामाङले गर्नुपर्ने कामको भावी योजना मुख्य रुपमा आफ्नो क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई वर्गीकरण सहित तयारी अवस्थामा रहेको समेत बताए । उनले आफुलाई एकपटक भोट हालेर हेरिदिनुहुन भनि भोटरहरुमा अनुरोध समेत गरेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here