आफु खेलौना मात्र नभएर,उत्तरी धादिङेको ढुकढुकी र ३ पुस्ते योगदानले सिर्जित हुँ: दिलमान पाख्रिन

धादिङ । दामन पाख्रिनको २६ औ स्मृति दिवसको अवसरमा धादिङको किन्ताङफेदीमा आयोजित कार्यक्रममा बोल्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य दिलमान पाख्रिनले टिकट बितरण प्रक्रिया बारे असन्तुष्ट जनाउनु भएको छ ।

आसन्न चुनावको टिकट बितरण प्रक्रियामा केन्द्रको नेतृत्वले पनि धादिङको भुगोल अनुसार, जनता रोजाई अनुसारको उम्मेद्वार छनोट गर्न नसकेको उहाँको भनाई छ । नेपाली काग्रेस पार्टीमा आफ्नो तिन पुस्ताको लगानी रहेको भन्दै उहाँले नेतृत्वले समयमा नै सोचेर बुद्धि पु¥याएर टिकट बितरण अन्याए भएको रहेछ भनेर नसच्चिएमा त्यसको हिसाव किताव हुने बताएका हुन् ।
उहाँले नेताहरुको आफुहरु खेलौना मात्र नभएको भन्दै नेपाली काग्रेस प्रति माया स्नेह रहेको समेत बताउनु भयो । उहाँले आफ्नो बोली दिलमान पाख्रिनको मात्र नभई सिङगो धाादिङको उत्तरी क्षेत्र रहेको समेत बताएका छन् । आदिबासी जनजातीहरुकोे ढुकढुकी बन्न आफु सफल भएको भन्दै सवैलाई नडराउन नआत्तिन समेत उहाँले आग्रह गर्नु भएको छ । सवै राजनितिक दलहरु सत्तामा कसरी आफु पुग्ने मात्र ध्यान भएको र जनताको सुख र दुखमा र बिकास निर्माणमा ध्यान नगएको उहाँको तर्क छ । साथै समयमा नै नेतृत्व नसच्चिए त्यसको हिसाव किताव हुने बताएका समेत पाख्रिनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here