रुबीभ्यालीको ५ दिने भ्रमण पश्चात् फर्कियो धादिङ अपांग कल्याण संघ: सबैलाई एक पटक पुग्न अनुरोध

कार्तिक – २० । धादिङ अपांग कल्याण संघ र काठमाडौ तार्केश्वरको ग्रुप रुबीभ्यालीको सुन्दर तातोपानी सहित कालो सेतो कुण्डको ५ दिने भ्रमण पश्चात् फर्किएको छ ।

राजधानी काठमाडौ देखी नजिकै रहेको सुन्दर गाउँपालिका रुबीभ्याली र त्यसै पालिकाको प्रमुख पर्यटन क्षेत्रको रुपमा रहेको तातोपानी लगायत अन्य पर्यटकीय क्षेत्र कालो सेतो दह, ल्हप्साङकर्पो अर्थात् गणेश हिमालको बेस्ट क्याम्प, नोचेत खर्का, दोबन खर्का, लङमो खर्का, कल्ता खर्का, दोब्रा डा‌डा, सेरसिह गङ,मेब्च्या ब्रा,ल्पाङप्लेङ, छुमल्हा, सिन्जी ब्रा,साम्जाङ खर्का,च्याउचेत खर्का,च्यापा छाप्पे पाखा,ठुलो ढुङ्गा,बाङलेप खर्का,हिन्दुङ गाउ लगायत सुन्दर पर्यटकीय क्षेत्रहरुको भ्रमण गरि धादिङ अपाङ्ग कल्याण सङ्घमा कार्यरत कर्मचारी टोली लगायत अन्य सम्पुर्ण पर्यटक टोली फर्किएको तामाङ पत्रकार संघ रुविभ्यालीका उपाध्यक्ष एवम् कालो कुण्ड सामुदायिक वन उपाभोक्ता समुहका अध्यक्ष बम्पा तामाङ(बम सगर)ले होराईजन खबरलाई बताउनु भयो ।

यात्रा कष्टकर र चुनौती पुर्ण भए पनि सुन्दर मनमोहक दृश्यहरुले सबै दुख पिडाहरु भुल्दै स्वर्गीय आनन्द प्राप्त गरियो । साथै प्रकृति प्रेमी हरकोहीले एक पटक यस क्षेत्रको भ्रमण अनिवार्य गर्नु पर्ने रहेछ । (यात्रामा सहभागीको भनाइ)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here