बोल्ने कला नै तपाईंको योग्यताको पहिलो प्रमाण हो

तपाईंको दिमागी योग्यताको पहिलो प्रमाण हो तपाईंको वाकपटुता । यो तपाईंको संभाषण कला र भाषामा पकडको द्योतक हुन्छ । कुनै यस्तो क्षेत्रमा जहाँ तपाईंले मानिससँग संवाद गर्नुपर्ने हुन्छ, त्यहाँ भाषाको बुझाई र त्यसमा पकडको धेरै महत्व हुन्छ । हर समाजमा, तपाईंको वाकपटुता र तपाईंको कमाइको बीचमा सीधा सम्बन्ध हुन्छ । तपाईं केवल धेरै शब्द जानेर त्यसको प्रयोग सिकेर आफ्नो सफलता र उन्नतिको दर बढाउन सक्नुहुन्छ ।
हर शब्द असलमा तपाईंको विचार व्यक्त गर्ने माध्यम नै हो । जति धेरै शब्द तपाईंले जान्नुहुनेछ र बुझ्नुहुनेछ, त्यति धेरै परिपक्व र जटिल सोच विचार गर्न सक्नुहुनेछ । तपाईंको शब्द भण्डार जति धेरै हुनेछ, त्यति नै मानिसहरुले सम्मान दिएर तपाईंको कुरा सुन्नेछन् । यही कारण हो बुद्धिमानीको मूल्यांकनमा भाषामा पकडलाई धेरै महत्व दिइन्छ ।

साभार: ‘सोच बदलौँ, जिन्दगी बदलौँ’ पुस्तकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here