‘मिस एण्ड मिसेस ईण्डिजिनियस-२०२४ सिजन-३’ को अडिसन २२ गते काठमाडौमा हुने

काठमाडौ । एसके ईन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुन लागिएको मिस एण्ड मिसेस ईण्डिजिनियस -२०२४ सिजन-३ को अडिसन बैशाख २२ गते शनिबार, दिउँसो १२ बजे काठमाडौको सामाखुसी स्थित बिशाल मल्टि स्पोर्ट्स ट्रेनिङ एण्ड टुर्नामेन्ट सेन्टरमा हुने आयोजक  शान्ता तामाङले होराईजन खबरलाई बताउनु भयो  ।

विभिन्न जनजाति आदिवासी भेषभुषा एबं संस्कृतिको समागम रहेको हाम्रो देश नेपालको जात जाती संग संबंधित संस्कृति तथा रहन सहन सम्बन्धि बिबाहित /अविवाहित गृहिणी / व्यावसायिक महिला दिदी बहिनी मार्फत स्वदेश तथा बिदेशमा समेत प्रबर्द्धन एबं सामाजिकीकरण गर्ने उदेश्यले आयोजना गरिएको यो प्रतियोगिता हो ।

मिसेस नेपाल आइकन २०१५ कि फर्स्ट रनर अप समाजसेवी शान्ता तामाङले सन २०१६ देखि मिस एण्ड मिसेस ईण्डिजिनियस प्रतियोगिता संचालन गर्दै आउनु भएकी छिन । महिलाहरु चुलो र चौकोमा मात्रै सिमित हुनु हुँदै मौका पाए जे पनि गर्न सक्छन भन्ने सोचका साथ महिलाहरुको चौतर्फी क्षमता बिकासको निम्ति अत्यन्तै मिहिनेतको साथ हरेक बर्ष यो प्रतियोगिता संचालन गर्दै आउनु भएको तामाङ बताउनु हुन्छिन् ।

सुन्दर तन संगै पबित्र आत्मा भएकी समाजसेवी एबं क्रियाशिल महिला राजनीतिक नेतृ समेत रहनु भएकी शान्ता कुमारी तामाङ सानै देखि मिलनसार, झुट नबोल्ने र सहयोगी भावना भएकी उनि युवा पर्यटन ब्यबसायी पनि हुन्। आफ्नो ब्यापार ब्यबसाय संग संगै उनले समाजसेवामा पनि उत्तिकै समय निकालेर अनाथ अपाङ्ग बाल बालिकाहरु र बृद्ध वृद्धा हरुको सेवामा जुटी रहेकी छिन।

अडिसन बारे थप जानकारीको लागि सम्पर्क नम्बरहरु : 9851079797 / 9849270879