नेकपा एमाले सिद्धलेक गाउँपालिकाकाे दाेश्राे गाउँ अधिवेशन सम्पन्न:अध्यक्षमा रामहरी बराकोटी

धादिङ । नेकपा एमाले सिद्धलेक गाउँपालिका कमिटीको अध्यक्षमा रामहरी बराकोटी सर्वसम्मत चयन हुनुभएको छ ।

सिद्धलेक गाउँपालिकाको वडा नम्बर ४ आरुवासटारमा सम्पन्न नेकपा एमाले अधिबेशनले बराकोटीलाई सर्वसम्मत चयन गरेको हो ।

५७  सदस्यीय कार्यसमितिको उपाध्यक्ष र सचिवमा भने मतदान भएको छ । गय राती भएको मतदानबाट उपाध्यक्षमा देव बहादुर पुलामी, सचिवमा चेतनाथ सिलवाल निर्वाचित हुनुभएको छ ।

उपाध्यक्ष पदका प्रतिस्पर्धी लक्ष्मण खतिवडा र चन्द्रप्रसाद सिलवाललाई पराजित गर्दै पुलामी निर्वाचित हुनुभएको हो । सचिव पदमा प्रतिस्पर्धी शंकरप्रसाद थपलियालाई पराजित गर्दै सिलवाल निर्वाचित हुनुभएको हो । उपसचिवमा लक्ष्मी बराम र राजु उपाध्याय सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

अधिबेशनको उद्घाटन कार्यक्रममा केन्द्रिय सदस्य एवम धादिङ इन्चार्ज धर्मदत्त देवकोटा, केन्द्रिय सदस्य जानुका सिम्खडा,  जिल्ला अध्यक्ष भूमि त्रिपाठी, सल्लाहकार तथा धादिङका संस्थापक जगन्नाथ नेपाल, धादिङका संस्थापक टंकनाथ शर्मा, शहरी विकास विभाग सचिव गजेन्द्र थपलिया, जिल्ला कमिटि सदस्य तथा सिद्धलेक ईन्चार्ज गाेबिन्द कँडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा धादिङ जिल्लाबाट एमालेको वागमती प्रदेश कमिटीमा प्रतिनिधिच्व गर्ने सदस्यहरु ,जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको आतिथ्य रहेको थियो ।