धादिङ । खनियाबास गाउँपालिका ४ र नेत्रावती डबजोङ गाउँपालिका १ जोड्ने बहुप्रतिक्षित किन्ताङफेदी बेलीबृज निर्माण कार्य सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणको सामाग्री सहयोग, नेपाली सेनाको प्राबिधिक सहयोग र खनियाबास गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकाहरुको आर्थिक सहयोगमा चाइनिज ‘4- T single type’ बेलीबृज पुल निर्माण कार्य सम्पन्न भएको हो ।
निर्माण सम्पन्न पुलको उद्घाटन बैशाख १६ गते आइतबार बिहान ११ बजे, धादिङ क्षेत्र न २ का सांसद रामनाथ अधिकारी र नेपाली सेनाको प्रधानसेनापती प्रभुराम शर्माको संयुक्त उपस्थितिमा पुलको उद्घाटन गरिने खनियाबास गाउँपालिकाले आज एक सुचना प्रकाशन गर्दै जानकारी दिएको छ ।
यो पुल निर्माण सम्पन्न भए सगै बर्खाको समयमा समेत उत्तरी धादिङका रुबीभ्याली, खनियाबास र गंगाजमुना गाउँपालिकाहरुका स्थानीयहरुलाई यातायातको साधन मार्फत आवतजावत गर्न सहज हुनेछ ।