नीलकण्ठ ८ को वडा कार्यालयमा रामकोटका कुमाल समुदायले लगाय ताला

धादिङ । नीलकण्ठ नगरपालिका ८ को वडा कार्यालयमा सोही वडाको रामकोटका कुमाल समुदायले शनिबार बिहानै ताला लगायका छन ।

कुमाल समाज धादिङका जिल्ला अध्यक्ष एब जनजाति महासंघ धादिङका जिल्ला उपाध्यक्ष दान बहादुर कुमालको भनाइ अनुसार वडाले करिब १ करोड ४ लाख बजेट वडा भरी बिनियोजन गर्दै गर्दा त्यसै वडाको करिब ४ सय घरधुरीमा रहेका लगभग ११/१२ सय संख्यामा रहेका कुमाल समुदायलाई चाहिँ कति पनि बजेट बिनियोजन नगरेको भन्दै ताला लगाएको बताए ।

साथै यश बिषयमा उक्त वडाका जनप्रतिनिधिहरु संग पटक पटक माग गर्दा पनि बेवास्ता गरेको भन्दै शनिबार सम्पुर्ण कुमाल समुदायका सर्बसाधारणहरु एकजुट भै छलफल गरि वडा कार्यालयमा ताला लगाउने निर्णय गरेको दान बहादुर कुमालले होराईजन खबरलाई बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here