थप २२९ जनामा कोरोना संक्रमण पुष्टि, हाल सक्रिय संक्रमित संख्या १२८४ जना

काठमाडौं । नेपालमा थप २२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण भएका ३७१८ नमूनामध्ये २२९ नमूनाको पोजिटिभ रिपोर्ट आएको हो।
मन्त्रालयका अनुसार १६४४ नमूनाको पीसीआर र २०७४ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआर विधिबाट १६१  र एन्टिजेनबाट ६८ जनामा संक्रमण पुष्टि भएको हो।

आज थप ४८ जना कोरोनामुक्त भएका छन्।
शुक्रबार कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हाल सक्रिय संक्रमितको संख्या १२८४ रहेको छ।
पछिल्लो २४ घन्टामा थप ८७ हजार ९७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here