युक्रेन युद्धको तनाव कै बीच अमेरिका र रुसबीच नयाँ सहकार्य

अन्तरास्ट्रिय खबर । फेब्रुअरीमा रुस र युक्रेनबीच युद्ध सुरु भएपछि अमेरिका र रुसबीचको सम्बन्ध चिसिएको छ ।
तर अहिले दुई देशबीच एउटा मुद्दामा सहमति भएको खबर आएको छ । समाचार एजेन्सी रोयटर्सले शुक्रबार यो जानकारी दिएको हो ।
यस सम्झौता अन्तर्गत नासा र रुसी अन्तरिक्ष एजेन्सी रोजकोसमोसबीच अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि उडान सुरु हुनेछ।
समाचार एजेन्सी रोयटर्सका अनुसार यस सम्झौता अन्तर्गत रुसी अन्तरिक्ष यात्रीहरूले अमेरिकी अन्तरिक्ष यानमा यात्रा गर्न सक्नेछन् र अमेरिकी अन्तरिक्ष यात्रीहरूले रुसी अन्तरिक्ष यान सोयुजमा यात्रा गर्न सक्नेछन्।
रोजकोसमोसले यस बारे एक विज्ञप्ति जारी गर्दै भन्यो, “यो सम्झौता अमेरिका र रुसको हितमा छ, र यसले आइएसएस फ्रेमवर्क अन्तर्गत पारस्परिक सहयोग बढाउनेछ।”
विज्ञप्तिमा भनिएको छ कि यो सम्झौताले ‘शान्तिपूर्ण उद्देश्यका लागि अन्तरिक्ष अन्वेषण’ लाई अनुमति दिनेछ।
सम्झौता अन्तर्गत, अमेरिकी अन्तरिक्ष यात्री फ्रान्क रुबियो सेप्टेम्बरमा सर्गेई प्रोकोपिएभ र दिमित्री पेटलिनसँग कजाकिस्तानको बायकोनुर कोस्मोड्रोमबाट उडान गर्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here