आलुबखडा खानुका फाइदाहरु

काठमाडौ । तपाईलाई आलुबखडा कतिको मन पर्छ ? गर्मीयाममा यो फल निकै पाईन्छ र खाईन्छ । यो फल स्वास्थ्यको लागी समेत निकै फाईदाजनक रहेको छ । यसको सेवनले छालालाई राम्रो र चम्किलो बनाउँछ । यसको स्वाद अमिलो हुन्छ । यसमा मिनरल्स, भिटामिन र फाइबर पाईन्छ ।
यसको सेवनले रोगसँग लड्न सक्ने क्षमतामा बृद्धि गर्छ । यसले तौललाई नियन्त्रणमा राख्ने काम समेत गर्छ । यसको सेवनले आँखालाई राम्रो गर्छ । यसको भित्रको गुँदिले भन्दा पनि बाहिरको बोक्रोले बढि शक्ति प्रदान गर्छ ।
यसमा प्रसस्तै मात्रामा आइरन पाईन्छ । जसको सेवनले रक्त कोसिकाको निर्माणमा मद्दत पुर्याउँछ । आलुबखडाले हड्डीलाई बलियो बनाउँछ । आलुबखडालाई मात्रा पूर्याएर सेवन गरेको खण्डमा यसले शरीररलाई निकै कुराम फाईदा पूर्याउछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here