कबड्डी ४ ले पहिलो दिनमै बनायो कीर्तिमान

काठमाडौ । रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’ ले ओपनिङमै कीर्तिमान रचेको छ ।
नेपाली चलचित्रको इतिहासमै सबैभन्दा ठूलो ओपनिङका साथ यस चलचित्रले कीर्तिमान बनाएको हो ।

यो चलचित्रले क्यूएफएक्समा १०५ शो र बिग मुभिजमा १७ शो प्राप्त गरेको छ । जुन अहिलेसम्म कुनै पनि नेपाली वा विदेशी चलचित्रले यति धेरै शो प्राप्त गरेका छैनन् ।

पहिलो दिन कबड्डी ४ ले पूर्ण अकुपेन्सीका साथ व्यापारको नयाँ कीर्तिमान रच्न सफल भएको छ ।
चलचित्रले पहिलो दिन सबैभन्दा ठूलो व्यापार गर्ने रेकर्ड बनाएको फिल्मका निर्देशक रामबाबु गुरुङ र वितरक गोविन्द शाहीले दाबी गरेका छन् । फिल्मले पहिलो दिनमै साढे तीन करोडको व्यापार गरेको जानकारी दिइएको छ ।
यसअघि सर्वाधिक व्यापारको कीर्तिमान दक्षिण भारतीय चलचित्र ‘केजिएफ २’ ले राखेको थियो । उक्त चलचित्रले पहिलो दिन दुई करोड हाराहारी कलेक्सन गरेको थियो ।
तीन करोडको लगानी गरिएको भनिएको चलचित्रले रिलिजअगाडि नै डिजिटल राइट्स र ओभरसिज राइट्स (विदेश व्यापार)बाट लगानी उठाइसकेको छ ।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल र मिरुना मगर मुख्य भूमिकामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here