‘बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ द इयर’ अवार्ड यूनाइटेड इन्स्योरेन्सलाई प्रदान

काठमाडौ । यूनाइटेड इन्स्योरेन्स ‘बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ द इयर’ अवार्डबाट सम्मानित भएको छ । इन्डियन चेम्बर अफ कमर्सले कोलकातामा आयोजना गरकोे एसियास्तरका ‘तेस्रो इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड २०२१’ मा कम्पनी सो अवार्डबाट सम्मानित भएको हो । 

उक्त अवार्ड ग्रहण गर्नका लागि कम्पनीको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल कोलकाता पुगेकी थिइन् । विश्व विख्यात चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्लुसीले स्वतन्त्र रुपमा मूल्यांकन गर्दा विभिन्न  वित्तीय सूचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादन गर्न तथा निर्जीवन बीमा क्षेत्रमा महत्वपूर्ण योगदान दिन सफल भएको भन्दै कम्पनीलाई सम्मान गरिएको बताइएको छ । 

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले इन्डियन चेम्बर अफ कमर्सलाई धन्यवाद दिँदै उक्त सफलता हात पार्नका लागि साथ दिने कम्पनीको सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समिति, शेयरधनीलगायत सबैमा कृतज्ञता सहित धन्यवाद ज्ञापन गरिन् । उनले आगामी दिनहरुमा समेत सबैबाट साथ र सहयोग प्राप्त गर्ने आशा समेत सो क्रममा गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here