खनियाबाँस २ को वडा अध्यक्षमा युवा नेता प्रेम तामाङको उम्मेदवारी ‘यस्तो छ उनको पृष्ठभुमि’

धादिङ । उत्तरी धादिङको खनियाबाँस गाउँपालिका वडा न. २ को वडा अध्यक्षमा प्रेम तामाङ द्वारा वडा अध्यक्षमा उम्मेदवारी मनोनयन गर्नु भएको छ ।

विद्यार्थी जिबन देखि नै राजनीति यात्रामा होमिएको तामाङ भुकम्प को बेला अल्छिडाडा अस्थायी शिबिरमा रहदा ९ महिना टोलि नेताको रुपमा काम समाजसेवा गर्नु भएको थियो साथै हिम्स नेपालमा २ बर्ष, सहकारीमा २ बर्ष त्यस्तै माननिय जगत सिम्खडाको स्वकीय सचिबको रुपमा समेत काम गरिसकेका उत्तरी धादिङ खनियाबाँसको भुगोल, परिस्थिति, समस्याहरुलाई नियाल्दै आएका नेकपा खनियाबास-२ को अध्यक्ष समेत सम्हाली सकेका छन । हाल नेकपा माओवादी केन्द्र २ का वडा ईन्चार्जको भुमिका निभाईरहेका ऊनी पार्टी र जनताको सेवा २४ सै घण्टा खटि रहने राजनैतिक असल छवि बनाईसकेका २४ बर्षिय युवा नेता हुन तामाङ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here