प्रेस सेन्टर नेपाल धादिङले स्थानीय चुनावलाई मध्यनजर गर्दै ‘सञ्चार डेस्क’को स्थापना

धादिङ । नेकपा माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टर नेपाल धादिङले आइतबार धादिङबेसीमा सञ्चार डेस्क स्थापना गरिएको छ । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ५ दलीय गठबन्धनका उम्मेद्वारलाई विजयी गराउने उद्देश्यले सूचना र सञ्चारको अधिकतम प्रयोग गर्दै उम्मेद्वारहरुका प्रतिवद्धतापत्र तथा योजनाहरु जनतासामु पुर्याउन सञ्चार डेस्क स्थापना गरिएको हो ।

कार्यक्रमको अध्यक्षता प्रेस सेन्टर धादिङको अध्यक्ष राजन अधिकारीले गर्नु भएको थियो भने प्रमुख अतिथिमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कल्पना धमला, विशेष अतिथि माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी लगायत अतिथिहरुको आतिथ्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here