भारतमा थप तीन हजार ३२४ जनामा कोरोना सङ्क्रमण : ४० जनाको मृत्यु

अन्तरास्ट्रिय खबर । भारत २४ घण्टाको समयावधी अर्थात शनिबार मधयरातिसम्म तीन हजार ३२४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ७९ हजार १८८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार बिहान जानकारी दिएको छ ।
विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमण पुनः नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको यो लगातार चौथो दिन हो । २४ घण्टाको समयावधी भएका यी नयाँ सङ्क्रमित मध्ये एक हजार ५२० राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ । हाल राजधानीमा ५ हजार ७१६ सक्रिय सङ्क्रमित रहेका पनि थप जानकारी दिइएको छ ।
यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ४० जनाको मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्य्ु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २३ हजार ८४३ पुगेको छ । भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ९२ जना रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ ।
२४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार ८७६ जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ३६ हजार २५३ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here