सुनको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ सयले घटेर छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २०० रुपैयाँले घटेको हो ।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ तोकिएको छ । तोजाबी सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले घटेर एक हजार ३०० मा आएको महासङ्घले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here