कविता: ‘मलाई बाँच्न मन छ’ गौतम सिद्धान्त (कलमकार)

मकवानपुर, हेटौंडा । आमा मलाई बाँच्न मन छ
हो आमा , म तिम्रो गर्वभित्रको सन्तान
जसलाई तिमी जन्माएर पाल्ने कि ?
या जन्मनु अगावै फाल्ने?
दोधारमा छौ
म त तिम्रो आफ्नै अंश हैन र ?
तिम्रो रगतको पिन्ड हैन र?
तिमीले आजका दिनसम्म मलाई आफ्नो गर्भमा राख्न जति दु:ख गर्याै
ति भन्दा हजार गुणा दु:ख गर्भभित्र मैले गरेको छु,
तिम्रो आन्द्राहरुको भिडमा म अल्झिएको छु ,
अँध्यारो र सेपिलो घरमा म खुम्चिएको छु
मलाई तिमीसँग बोल्न मन छ ,
मेरो पीडा खोल्न मन छ ,
अनि भनिदेउ आमा
तिम्रो पति मेरो बालाई ,
मलाई बाँच्न मन छ ।

आमा मलाई तिमीसँगै खेल्न मन थियो
तिमीले बुझेर होला सायद
तिम्रो गर्भ भित्र
मरो सामुन्ने
मानव निर्मित खेलाऊना
मलाई खोज्दै आएका छन्
एक थान सक्सन ।

म खेल्दै छु ती खेलाऊना
सक्सन सँगै आमा
तिमीले गर्भ बाहिर आफ्ना हात डुलाउँदा जस्तो
मातृत्व महसुस भएको छैन मलाई
मलाई लुछ्दै , चिमोट्दै यि खेलाऊनाहरु मेरो सेरोफेरोमा डुल्दै छन्
हरेक मिनेटमा एक एक अंग निमोठेका छन् आमा
मलाई यि खेलउनाहरुसँग खेल्नु छैन आमा
भनिदेऊ आमा,
ति सेता लुगा लागाएका भगवानरुपि चिकित्सकलाई
मलाई बाँच्न मन छ ।

आमा
अझै मेरो केही अस्तु तिम्रो गर्भमा छुटेछ क्यारे
क्युरेटले ती अस्तु मेटाउदै छन्
तर
अफसोस आमा
म सँगै तिम्रो पनि जीवन मेटिएको छ
ए सेता लुगा लगाउने भगवानरुपि चिकित्सक हो ,
म र मेरी आमा अब तिमीहरु सबै बनाउने त्यो भगवान सामु
एउटै भिक माग्छाैँ
हे भगवान्
या त हरेक नारीको गर्भधारण प्रक्रिया रोकियोस्
कि त मानव निर्मित दानव
ती मेसिनहरुबाट गर्भ पतन !!

रचनाकार : गौतम सिद्धान्त ( कलमकार )
ठेगाना : मकवानपुर , हेटौंडा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here