धादिङको सबै पालिका र वडाहरुमा गठबन्धन दलहरू बीच चुनावी तालमेल हुने

चैत – २५ । धादिङका सत्ता गठबन्धन दलहरु बिच चुनावी तालमेल बारे शुक्रबार बैठक सम्पन्न भएको छ । बैठकले स्थानिय तह निर्वाचनमा धादिङ सम्पुर्ण १०४ वटै वडामा गठबन्धनबाट साझा उम्मेदवार उठाउने निर्णय गरेको छ ।

बैठकले आन्तरिक होमवर्क गर्नको लागि गठबन्धन दलका ८ जना रहने गरि कार्यदल गठन गरिएको छ । आजको बैठकले १३ वटै पालिकामा १०४ वटै वडा र जिल्ला समन्वय समिति सम्म तालमेल गर्ने, गठबन्धन दलको संयुक्त सचिवालय धादिङ बेसीमा खोल्ने र अर्को बैठक २८ गते धादिङ बेसीमा बस्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीको अध्यक्षमा सुरुभएको सत्ता गठबन्धनको उक्त बैठकमा नेपाली कांग्रेस को तर्फबाट नेताहरु दिलमान पाख्रीन , भिम प्रसाद ढुंगाना , विश्व अर्याल माओवादी केन्द्रबाट शालिकराम जम्कटेल, दल बहादुर बुर्लाकोटी, मनराज भण्डारी , दिपक लामिछाने र सम्भु कुमार श्रेष्ठ , नेकपा एकीकृत समाजवादी राजेन्द्र पाण्डे, गंगालाल तुलाधर , गुरु प्रसाद बुर्लाकोटी, ईन्दिरा ढुंगाना र सुवास खतिवडा रहेको थियो । एबं जनता समाजवादी बाट राजु नेपाल, बिर बहादुर तामाङ , राम बहादुर ढकाल, अर्जुन सापकोटा र अनिल अधिकारी लगायत मुख्य नेताहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here